नियम २१
कार्यान्वयन गर्नु पर्ने
(१) आयोगले उडान सुरक्षालाई सुदृढ गर्नको लागि दुर्घटना
जा“चको क्रममा वा अन्तिम प्रतिवेदन मार्पmत कुनै सिफारिस गरेको भए त्यस्तो
सिफारिस कार्यान्वयन गर्नु गराउनु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।
(२) नेपालमा दर्ता भएको वायुयान नेपाल बाहिर दुर्घटना भई सो मुलुकमा
गठित दुर्घटना जा“च आयोगले नेपालको उडान सुरक्षालाई सुदृढ गर्नको लागि कुनै
उडान सुरक्षा सिफारिस गरेको भए सम्बन्धित निकायले त्यस्तो सिफारिस यथाशक्य
छिटो कार्यान्वयन गरी सोको जानकारी सम्बन्धित राज्यलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिमको सिफारिस लागू गर्न नसक्ने अवस्था
भएमा सम्बन्धित निकायले त्यस्तो सिफारिस कार्यान्वयन गर्न नसकेको कारण
सहितको जानकारी मन्त्रालयलाई गराउनु पर्नेछ ।